प्रमुख सूचना ::
प्रेस विज्ञप्ति
मितिः-२०७७।११।१७
प्रेष विज्ञप्ति
यस लेकम क्षेत्रको लागि मात्रै नभइ दार्चुला जिल्लाकै धार्मिक धरोहर तथा सांस्कृतिक विरासतका प्रतिबिम्ब मालिकार्जुन राष्ट्रिय धामका मुखीया,हाम्रा अभिभावक,मालिकार्जुन विकास समितिका अध्यक्ष,मालिकार्जुन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष,श्री मालिकार्जुन मा.वि. मड का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,मालिकार्जुन गाउँपालिकाका कार्यवाहक अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गर्नु भएका स्व. श्री रुद्रे सिंह धामीको मिति २०७७।११।१७ गते विहान ५ बजे अकल्पनीय एवं आकस्मिक निधन प्रति सिङ्गो मालिकार्जुन गाउँपालिका स्तब्ध भएको छ । शोकको यस घडीमा स्व. धामीको समाज प्रतिको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै मालिकार्जुन गाउँपालिकाले मिति २०७७।११।१७ र १८ गते २ दिनका लागि गाउँपालिका भरिका सम्पूर्ण सरकारी कार्यालयहरुमा शोक विदा दिने निर्णय गरेको छ ।