FAQs Complain Problems

मालिकार्जुन गाउँपालिकाको आ.व. २०७८।०७९ को बजेट पारित ।

मालिकार्जनु गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा, ७१ उपदफा (१) तथा अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (३) ले गरेको व्यवस्था अनुसार स्थानीय तह ले प्रत्येक वर्ष असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट गाउँ सभा समक्ष पेश गर्नु पर्ने बैधानिक प्रावधान रहेकोले सोही प्रावधान अनुसार मितिः २०७८/०३/१० गते मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिंह धामी ज्यूको अध्यक्षतामा बसेको छैठौं गाउँसभाको पहिलो बैठकमा पेश भएको मालिकार्जुन गाउँपालिकाको २०७८।०७९ को विनियोजन विद्येयक,207८ (राजस्व र व्यय (बजेट) को अनुमान) मितिः २०७८/०३/१३ गते मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिंह धामी ज्यूको अध्यक्षतामा बसेको छैठौं गाउँसभाको दोस्रो बैठकबाट मालिकार्जुन गाउँपालिकाको आ.व. २०७८।०७९ को विनियोजन ऐन, २०७८ सर्वसहमत पारित गरिएको छ ।

  1. संघिय अनुदान
  1. वित्तिय सामानीकरण अनुदानः–११,२५,००,०००।-
  2. राजश्व बाडफाडः-६,१०,५१,०००।-
  3. शसर्त अनुदानः- २१,४९,००,०००।-
  4. समपुरक अनुदानः- १,४७,००,०००।-
  5. विशेष अनुदानः-१,०८,००,०००।-

 

  1. प्रदेश सरकारको अनुदान
  1. वित्तिय सामानीकरणः-८१,९४,०००।-
  2. राजश्व बाडफाडः-१०,५१,०००।-
  3. समपुरक अनुदानः-९९,६९,०००।-
  4. विशेष अनुदानः-५०,००,०००।-
  1. गाउँपालिकालाई आ व २०७८/०७९ मा प्राप्त हुन सक्ने आन्तरिक आमदानी रु. ४५,००,०००।-
  2. गत वर्षको नगद मैजदातः-१,११,००,०००।-

आ.व. २०७८/०७९ मा मालिकार्जुन गाउँपालिकालाई प्राप्त हुन सक्ने बजेट सीमा रु. ४५,३७,६५,०००।-  ( पैचालिस करोड सैत्तिस लाख पैसठ्ठी हजार मात्र) विनियोजन गरेको छ ।

  1. गाउँपालिकाबाट  विनियोजित योजना तथा कार्यक्रमहरुको विकास क्षेत्रगत विभाजन ।
  • आर्थिक विकास क्षेत्रः- ३९,५०,०००।-
  • सामाजिक विकास क्षेत्रः-२,०८,४४,०००।-
  • पुर्वाधार विकास क्षेत्रः-२,३१,००,०००।-
  • संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रः-१,८०,००,०००।- रकम विनियोजन गरिएको छ ।

 

  1. वडागत विभाजनः-

क्र.स.

वडा नं.

रकम

वडा नं.१

३३,००,०००

वडा नं.२

३९,००,०००

वडा नं.३

४०,००,०००

वडा नं.४

३८,००,०००

वडा नं.५

३८,००,०००

वडा नं.६

३८,००,०००

वडा नं.७

३८,००,०००

वडा नं.८

४४,००,०००

 

जम्मा

३,०८,००,०००

 

मालिकार्जुन गाउँपालिकाले २०७८।०७९ का लागि कोभिड तथा स्वास्थ्य क्षेत्र, भौतिक पूर्वाधार, संस्कृति पर्यटन क्षेत्र, शिक्षा, कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

आर्थिक वर्ष: