FAQs Complain Problems

राहत वितरण ।

अभिरल बर्षाका कारण यस मालिकार्जुन गा.पा.का विभिन्न वडा वस्तीहरुमा बाढी पहिरो आई ५४ घर परिवार विस्तापित भएका छन भने कयौं घर परिवार जोखिममा छन, कयौंको जमिन खेतिपाती नष्ट भएको छ । कैयौं ठाँउमा विद्यालय, स्वास्थ्य संस्थाहरु, खानेपानी, सिचाई, सडक वाटोघाटो प्रभावित भएको छ । हाल सम्म आफ्नो घर नै बाढी पहिरोमा गई विस्थापित भएको संख्या ५४ रहेको छ । वडा नं. २ र वडा नं. ८ मा बढी क्षति भएको छ । गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिंह धामी स्वयम प्रभावित वडा तथा वस्तीहरुमा गई त्यस्तो प्रभावित क्षेत्रको अवलोकन गर्दै विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै केही राहत उपलब्ध गर्दै हुनुहुन्छ । यसै क्रममा आज मिति २०७७।०५।०८ गते वडा नं. २ ज्युनडा, अम्पेड नाली र वडा नं. ८ का पस्ती, खोलिचोराका १३ विस्तापित परिवारलाई राहत उपलब्ध गराएका छन ।

सुदुरपश्चिमेली नेपाली समाज द्धारा जापान, कोरिया,डेनमार्क,भारत,कतार, युएई, बहराइन, कुवेत, मलेसिया, अमेरिका, इजरायल, साउदी अरब, अस्ट्रेलिया, क्यानाडा, मकाउ, पोर्चुगल र युरोप  लगायतका देशहरुमा विभिन्न पेशा व्यवसाय गर्दै आउनु भएका युवाहरुको संस्था सुदुरपश्चिमेली नेपाली समाज द्धारा प्रति परिवार २५ के.जी. चामल, २ के.जी. दाल, २ के.जी. नुन, १ वोतल तेल र १ वाल्टी उपलब्ध गराएका छन् ।

वडा नं. ८ का वडाअध्यक्ष श्री पदम राज पन्तको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रमको प्रमुख आतिथ्यता मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री ‌नरेन्द्र सिंह धामीले गर्नु भएको  थियो । उक्त कार्यक्रमको सञ्चालन राजेन्द्र जोशीले गर्नुभएको थियो । कार्यक्रममा सुदुरपश्चिमेली समाजको तर्फवाट पुष्पराज जोशी र धन्नजय जोशीको उपस्थिति रहेको थियो ।

लेकम गाउँपालिका मैखोली अम्कुरका बासिन्दा हाल जापानको फुकुवकामा काम गर्दै सुदुरपश्चिमेली नेपाली समाजका महासचिव श्री दिलेन्द्र प्रशाद जोशी र मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिंह धामीको विषेश कुराकानीमा यो राहत कार्यक्रम तय भएको थियो ।

कार्यक्रममा मालिमार्जुन गाउँपालिका अध्यक्ष श्री नरेद्र सिंह धामीले यतिवेला गाउँपालिकाले कोरोना भाइरस र प्राकृतिक प्रकोप जस्ता समस्याहरु संग लड्नु परेको यस्तो विषम परिस्थितिमा विदेशमा श्रम रोजगारी गरी प्राकृतिक प्रकोपका कारण  दुख पाइरहेका जनसमुदायको सेवाका निमित्त जुन सहयोगी भावना देखाइ सहयोग गर्नु भयो , यसका लागि सुदुरपश्चिमेली नेपाली समाज र महासचिव दिलेन्द्र प्रसाद जोशी ज्यूलाई गाउँपालिकाको तर्फवाट हार्दिक आभार प्रकट गर्दै विदेशमा श्रम रोजगारी गरी समाज प्रति देखाएको उदार मनहरुको उच्च कदर गर्दै वहाँहरुको भविष्यको उत्तरोत्तर प्रगतिको कामना गर्दै भविष्यमा पनि अझ सहयोग पाइरहने विश्वास व्यक्त गरेका छन ।

आर्थिक वर्ष: