FAQs Complain Problems

कोरोना रोकथामका लागि गा पा वाट भए गरेका प्रयासहरु ।

कोरोना भाईरस रोकथामका लागि मालिकार्जुन गाउँपालिकावाट भए गरेका प्रयासहरु ।

  1. मिति २०७६।१२।०८ गते मालिकार्जुन गाउँकार्यपालिकाको बैठकवाट ७ सदस्यसीय गाउँपालिका स्तरीय समन्वय समिति गठन गरि आठ वटै वडाहरुमा वडा स्तरीय समन्वय समिति गठन गरिएको र वडा समितिहरु पनि सक्रिय भई लागेका छन् ।
  2. गा . पा . का विभिन्न ५ ठाउँमा Help Desk स्थापना  गरिएको ।
  3. तत्कालका लागी स्वास्थ्य कर्मी,सुरक्षा कर्मी ,वडा कार्यालयहरु र क्षेत्रहरुमा  २००० थान मास्क वितरण गरिएको ।
  4.  विभिन्न एफ. एम. र संचार माध्यमहरुवाट नागरीक सचेतना सम्बन्धी प्रचार प्रसार तथा जनहितमा जारी सन्देशहरु प्रचार प्रसार भई रहेको ।
  5. सवै वडाहरुमा कोरोना भाईरस सम्बन्धी नागरीक सचेतना सम्बन्धी होडिङ वोर्ड,पोस्टर,पम्पलेट,फ्लेक्स आदि राखिएको ।
  6. सवै वडाहरुलाई मौजात खाद्यान्नको परिमाणको बारेमा जानकारी लिने र Lock Down को कारण खाद्यान्न आवशयक भएमा स्थानीय प्रशासनको समन्वयमा आपुर्ति गर्ने गरेको ।
  7. सवै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा हात धुने सामग्रीहरु( सावुन , हेन्डवास, बाल्टिन , जग आदी ) उपलब्ध गराइएको ।
  8. महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई अविलम्व परिचालन गरि विदेशवाट आएकाहरुको प्रत्येक दिन लगत संकलन गराई प्रदेश,केन्द्र र स्थानीय प्रशासनलाई रिपोटिङ गर्दै आएको ।
  9. शंकरपुर क्याम्पस पस्तीमा ६ बेड र गरडा मा वि वाँकुमा ५ वेडको क्वारेनटाइन स्थापना गरिएको ।
  10. मालिकार्जुन गाउँपालिका भरिका दैनिक ज्यालादारीमा काम गरेर खाने व्यक्तिहरुको विवरण संकलन गरिएको र कार्यविधि अनुसार राहत उपलब्ध गराइने।
  11. मालिकार्जुन गाउँपालिकाका अध्यक्षको नेतृत्वमा गा पा का कर्मचारी,स्वास्थ्य कर्मी सहितको टोलि आठ वटै वडाहरुमा गई सचेतना मुलक कार्यक्रम गरिएको ।
  12.  गा. पा. मा गठन भएको समन्वय समितिको सचिवालय २४ सै घन्टा संङ्घीय  सरकार,प्रदेश सरकार,स्थानीय प्रशासन लगायतका निकायहरु संग सम्पर्कमा रहेको ।

मिति २०७६।१२।२४ गतेका दिन कोरोना भाइरसका कारण शिर्जित महामारी रोकथामको विषयमा छलफल गर्न मालिकार्जुन गाउँपालिका कार्यपालिकाको बसेको आक्समिक बैठकले देहायका निर्णयहरु गरेको छ ।

  1. “असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापडण्ड २०७६” पारित गरियो ।
  2. "कोरोना भाइरस रोकथाम र नियन्त्रणको व्यवस्थापन गर्न मापडण्ड २०७६" पारित गरियो ।
  3. मालिकार्जुन गाउँपालिकामा कोरोना भाइरस रोकथाम र यस बाट शिर्जित विपद व्यवस्थापन गर्न ५० लाखको कोष स्थापना गरिएको छ ।
  4. सीमापारिबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपले क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउने ।
  5. कालो बजारी , कृत्रिम अभाव सृजना गर्ने व्यापारीहरुको अनुगमन गरी आवश्यक कारवाहीका लागि सिफारिस गर्ने ।
  6. स्वास्थ्य कर्मीहरुको लागि PPE सामग्री खरिद गर्ने ।
  7. खाद्यानका पसलहरु विहान ७ बजे देखि १० बजे सम्म खुला गर्ने ।
  8. ८ वटै वडा अन्तर्गत समन्वय समितिहरुलाई अझै सकृय भई काम गर्न समितका सदस्यहरुलाई संचार खर्च उपलब्ध गराउने ।
  9. कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रत्येक स्वास्थ्य संस्था ,वडा कार्यालय र  आधआरभूत स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थापन खर्च उपलब्ध गराउने ।
  10. वडा नं. ५,६ र ७ को सीमा महाकाली नदी तरि मानिसहरु आउने सम्भावना भएकाले थप सुरक्षा व्यवस्थापन गरिदिन जिल्ला प्रशासन लाई अनुरोध गर्ने ।
  11. नियमित रुपमा औषधि सेवन गरिरहेका दिर्घ रोगीहरुलाई औषधी उपचारको उपलव्धताका लागि आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउने ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: