प्रमुख सूचना ::
जानकारी सम्बन्धमा ।
मितिः-२०७७।०१।१९
बन्दा-बन्दीका कारण अलपत्र परेका व्यक्तिहरुका सम्बन्धमा मालिकार्जुन गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७७।०१।१९ गते को बैठकको निर्णयहरु ।
- अध्ययनको शिलशिलामा देशका बिभिन्न स्थानमा रहेका विद्यार्थीहरुले जारी रहेको बन्दा-बन्दीका कारण उतपन्न समस्याहरुले गर्दा घर फर्किन चाँही गाउँपालिकामा सहयोगका लागी अनुरोध गरेको र गाउँपालिकाबाट घर फर्काउने तयारी गर्दागर्दै नेपाल सरकार गृह मन्त्रालयको मिति २०७७।०१।१५ को निर्देशनबाट बन्दा-बन्दीलाई थप ससक्त बनाउने उद्येश्यले आवत-जावतमा कडाई गरेको र सो प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न पास उपलव्ध गराउन नसकिने भनेकोले गाउँपालिकाले चाँहदा चाँहदै पनि सहयोग गर्न असमर्थ भएको व्यहोरा अनुरोध गर्ने ।
- छिमेकी मुलुक भारतमा पनि यस गाउँपालिकामा स्थायी घरबास भएका हजारौं व्यक्ति जिविको पार्जनका लागि ज्याला-मजदुरी गर्न गएकाले निजहरुले आफूहरु पनि निकै कठिनाईमा परेकोले घर आउन पहल गरि पाउँ भनि विभिन्न माध्यमबाट सम्पर्क गरि रहेकाले त्यस्ता व्यक्तिहरुका सम्बन्धमा पनि नेपाल सरकारलाई निजहरुलाई घर फर्किने वातावरण बनाई दिन हुन अनुरोध गर्ने,
- बन्दा-बन्दीका कारण अलपत्र परेका निम्न व्यक्तिहरुका हकमा वडाबाट यथार्थ लगत लिई उद्धारको कार्य गर्ने, क. औषधी उपचारका लागि गएका बिरामी व्यक्तिहरु, ख. ज्याला मजदुरी गर्न गएका तर उद्योग धन्दा बन्द भएकाले अलपत्र परेका व्यक्तिहरु, ग. पेन्सनपट्टा लगायत सरकारी कामकाज गर्नका लागि गई बन्दा-बन्दीका कारण अलपत्र परेका व्यक्तिहरु, घ. वैदेशिक रोजगारीका लागि विदेश जान भनि गएका तर काठमाडौंमा अलपत्र परेका व्यक्तिहरु,
(नोटः-दोहोरो बसोबास भएका तर यस मालिकार्जुन गाउँपालिकामा फर्किन चाहने व्यक्तिहरुलाई स्थिति सहज र सरल नहुन्जेल सम्म सोही स्थानमा नै बस्न अनुरोध गर्ने ।)
रघुनाथ अवस्थी
प्रमुख प्रशासकीय अधिकृत