FAQs Complain Problems

अस्थायी प्रहरी चौकी स्थापना ।

मालिकार्जुन गाउँपालिका वडा नं.५ डाँडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । लामो समय देखि डाँडाकोट बासीहरुको माग सम्वोधन भएको छ । २७०० जनसंख्या रहेको,कृषि प्राविधिक शिक्षालय,मा.वि., स्वास्थ्य कार्यालय,ईलाका हुलाक,पसु सेवा कार्यालय,वडा कार्यालय लागायतका सरकारी कार्यालयहरु समेत रहेको यस वडामा प्रहरी कार्यालय स्थापनाका लागि त्यहाका वडा अध्यक्ष श्री तर्क राज ओझाले बेला बेलामा गाउँपालिकालाई घचघच्याई राख्दै आउनु भएको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीको बिशेष पहलमा प्रहरी चौकी स्थापना भएको छ । मिति २०७७।०५।१८ गते गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीको अध्यक्षता प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री शरद कुमार पोखरेल,विशिष्ठ अतिथि सशस्त्र प्रहरी गण दार्चुलाका गणपति नरेन्द्र बम, विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय दार्चुला DSP पदम बहादुर विष्ट रहेको समारोह बीच मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी र प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले संयुक्त रुपमा प्रहरी चौकीको उद्घाटन गरेका छन । ASI नारायण सिंह बिष्टको नेतृत्वमा ७ जना प्रहरीहरुले काम गर्ने छन । सोही कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष तर्क राज ओझाले स्वागत मनतब्य तथा धन्यावद ज्ञापन गरेका थिए भने नेपाली कांग्रेसका नेता मदन गिरी,DSP पदम बहादुर विष्ट,शस्त्र प्रहरी SP नरेन्द्र बम र प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले शुभकामना मनतब्य राख्नु भएको थियो । सभाका सभापती नरेन्द्र सिह धामीले प्रहरी चौकी स्थापनाले यस क्षेत्रका जनताले खुसी महशुस गरेको भन्दै एउट प्रहरी सर्जमिन मुचुल्का बनाउन घण्टौ हिडेर लाली जानु पर्ने र गाउँमा केही त्यस्तो घटना भयो भने पनि लालीबाट ३ घण्टा हिडेर प्रहरी साथीहरुलाई समेत अप्ठ्यारो हुने स्थितिको अन्त्य हुनुको साथै भारत संग सिमा जोडिएको यस क्षेत्रमा हुने विभिन्न अपराध र अन्य सामाजिक विकृति विसंगती समेत कम हुनुका साथै यस क्षेत्रको शान्ती शुरक्षामा ठुलो सहयोग पुग्ने विश्वाश व्यक्त गरेका छन । यस कार्याका लागि विशेष सहयोग गर्ने जिल्ला शुरक्षा समिति,प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, सुदुरपश्चिम प्रदेशका DIG उत्तम सुवेदि, जिल्ला प्रहरी कार्यालय दार्चुलाका DSP पदम बहादुर विष्टलाई धन्यावद तथा हार्दिक अभार प्रकट गरेका छन । यसै गरी मिति २०७७।०३।१८ गते अध्यक्ष नरेन्द्र सिह धामीकै विशेष पहलमा भारत संग सिमा नाका जोडिएको मालिकार्जुन गाउँपालिका वडा नं.७ जोलजिबीमा शस्त्र प्रहरी बि.ओ.पी. को शस्त्र प्रहरी सुदूरपश्चिम प्रदेश DIG श्री हरिशंकर बुढाथोकी र मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामीले संयुक्त रुपमा उदघाट्न गरी कार्य संचालन भईरहेको छ । 

आर्थिक वर्ष: