FAQs Complain Problems

राहत वितरण ।

वर्षादको समयमा आएको बाढी पहिरोबाट प्रभावित भएका मालिकार्जुन गाउँपालिका वडा नं. ६ सलेती,भोल्यानी र वडा नं. ७ रतकोटका विस्थापित घर परिवारहरुलाई आज मिति २०७७/०५/२१ गतेका दिन मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामीको पहलमा नेपाल रेडक्रस सोसाईटी शाखा दार्चुलाको सहयोगमा राहत सामग्री उपलब्ध गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी,शस्त्र प्रहरी बल दार्चुलाका गणपति नरेन्द्र बम,जिल्ला प्रहरी कार्यालयका प्रमुख DSP पदम बहादुर विष्ट,रेडक्रस सोसाईटी दार्चुलाका मन्त्री दिपक राज अवस्थी, नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिकाका सभापती किसन सिह सामन्त,नेपाल तरुणदल मालिकार्जुन गाउँपालिकाका अध्यक्ष विशन सिह धामी, वडा नं.६ का वडा अध्यक्ष श्री गोपाल सिह धामी,वडा नं.७ का वडा अध्यक्ष लोकेन्द्र सिह धामी र जिल्ला समन्वय समिति सदस्य भवी देवी मौरको उपस्थितिमा वडा नं.६ र ७ का तपसिल बमोजिमका पिडित हरुलाई राहत विरतरण गरिएको छ । १. दासि राम लोहार- मालिकार्जुन गाउँपालिका वडा नं. ६ २. नयन राम टमटा- मालिकार्जुन गाउँपालिका वडा नं. ६ ३. दलिराम लुहार- मालिकार्जुन गाउँपालिका वडा नं. ६ ४. राम सिह धामी- मालिकार्जुन गाउँपालिका वडा नं. ६ ५. बिश राम लुहार- मालिकार्जुन गाउँपालिका वडा नं. ६ ६. दान सिह धामी- मालिकार्जुन गाउँपालिका वडा नं. ६ ७. बिशन दत्त पन्त – मालिकार्जुन गाउँपालिका वडा नं.७ ८. जय दत्त पन्त– मालिकार्जुन गाउँपालिका वडा नं.७ ९. राम दत्त पन्त– मालिकार्जुन गाउँपालिका वडा नं.७ १०. अम्बादत्त पन्त– मालिकार्जुन गाउँपालिका वडा नं.७ उक्त विस्थापित परिवारलाई त्रिपाल लगायतको राहत सामग्री हस्तान्त्रण गरिएको छ । सोही कार्यक्रममा DE अच्युत विलाश पन्तको पनि उपस्थित रहेको थियो । महाकाली करीडोर निर्माण कार्यबाट क्षती भएका बस्तीहरु र घरहरुका सम्वन्धमा संरक्षणका लागि गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले पहल गरि दिन समेत अनुरोध गरेका छन । साथै महाकाली करिडोर बाट भएको क्षती र अझ पनि हुन सक्ने जोखिमको सम्वन्धमा महाकाली करिडोर कार्यालयका प्रमुख अच्युत विलाश पन्त लाई जानकारी गरिएको छ । सोहि कार्यक्रममा अध्यक्ष नरेन्द्र सिह धामीले जिल्ला विपद् व्यवस्थापन समितिले मालिकार्जुन गाउँपालिकाका अतिग्रस्थ ठाँउहरुको स्थलगत निरीक्षण तथा अवलोकन गरी सहयोग गरि दिनु भएकोमा गाउँपालिकाको तर्फबाट धन्यवाद दिदै यस गाउँपालिकाका वडा नं.२ अम्पेडा,ज्यूनडा,नाईल, वडा नं.६ को रत्कोट, वडा नं. ७ को भोल्यानी,वडा न.८ को केहि घर परिवार र बस्तीहरुलाई स्थानान्तरण गरी उपयुक्त ठाउँमा सारी दिन पनि जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक प्रक्रिया अगाडी वढाई दिन हुन समेत अनुरोध गरेका छन ।

 

आर्थिक वर्ष: