FAQs Complain Problems

मालिकार्जुन गाउँपालिका वडा नं. ५ डाडाकोटमा हाते होजियारी तालिम सम्पन्न ।

मालिकार्जुन गाउँपालिका उद्यम विकास शाखा द्वारा आयोजित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्य्रम अन्तर्गत यस मालिकार्जुन गाउँपालिका वडा नं. ५ डाडाकोटमा मिति २०७८/११/०९ गते देखि संचालन गरिएको ४५ दिने हाते होजियारी प्रशिक्षण तालिमको आज समापन गरिएको छ। मालिकार्जुन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तर्क राज ओझाको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष एवं लघुउद्यम विकास समिति संयोजक नरेन्द्र सिह धामी प्रमुख अतिथि रहनु भएको थियो । मालिकार्जुन गाउँपालिका उद्यम विकास शाखा प्रमुख जगदिश अवस्थीले कार्यक्रम संचालन गरेका छन । मालिकार्जुन गाउँपालिका वडा नं. ५ डाडाकोटका विभिन्न बस्तीबाट छनोट भएका २४ जना महिला सहभागीहरु रहेका थिए । सहभागीहरुलाई प्रमुख अतिथि नरेन्द्र सिह धामीले स-धन्यावाद सहित प्रमाण पत्र प्रदान गरेका छन । कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष धामीले २०७५ साल देखि मालिकार्जुन गाउँपालिका लघुउद्यम विकास समितिले सबै वडाहरुका बस्तीहरुमा लघु उद्यम तथा सीप बिकास कार्यक्रमहरु संचालन हुदै आएको जानकारी गराउदै त्यसमा पनि महिला समुदायलाई प्राथमिकतामा राखेको विषय पनि बताउदै यस बाट महिला सशक्तिकरण समेत हुने बिश्वास गरेका छन । पुरुष प्रधान रेहको हाम्रो समाजमा महिला सचेत हुनु र महिला जागृत एवं आत्म निर्भर हनुपर्ने कुरा पनि राखेका छन ।यसरी नै अन्य वडाहरुमा पनि स्थानिय श्रोत साधनको उपयोग गरी साबुन,मैनबत्ती,नमकीन, अगरबत्ती र दुना टपरी लगायतका लघुउद्यमका तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको कुरा समेत जानकारी गराएका छन ।सहभागी सबैलाई आफुले लिएको ४५ दिने तालिमको उपयोग लघुउद्यमी बनिदिन अनुरोध गर्दै अगामी दिनहरुमा यहाँहरुको उद्यम विकासका लागि गाउँपालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको कुरा समेत व्यक्त गरेका छन । साथै उक्त तालिममा सहभागी २४ सै जना लाई १-१ वटा हाते होजियारी मेसीन पनि हस्तान्त्रण गरेका छन ।

आर्थिक वर्ष: