प्रमुख सूचना ::
पस्ती स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड(Video X-Ray) सेवा संचालन ।
मालिकार्जुन गाउँपालिका वडा नं ८ शंकरपुर पस्ती स्वास्थ्य चौकी बाट मिति २०७८/१२/०८ देखि अल्ट्रा साउण्ड सेवा शुरु गरिएको छ। मालिकार्जुन गाउँपालिकाको चालु आ.ब. २०७८/२०७९को बिनियोजित बजेट रु १५०००००।(रु पन्ध्र लाख) बाट उक्त मेसिन खरिद गरिएको हो। रिबन काटेर उक्त मेसिनको उद्घाटन मालिकार्जुन गाउँपालिका का अध्यक्ष श्री नरेन्द्र सिह धामी ले गर्नु भएको छ। उदघाटन लगत्तै ४ जना बिरामीले डा.निराजन बोहरा बाट सेवा लिएका छन।उक्त उदघाटन कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष श्री पदम राज पन्त,स्वास्थ्य सह संयोजक राम दत्त भट्ट,स्वास्थ्य चौकी प्रमुख राम सिह खत्री लगायत कर्मचारीहरुस्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।पस्ती स्वास्थ्य चौकीमा गाउँपालिका को पहलमा २०७७ साल मंशिर देखि मेडिकल अधिकृत सहित आवस्यक जनशक्ती ब्यवस्थापन गरि X-Ray, ल्याब, इसिजि र एम्बुलेन्स सेवा उपलब्ध हुदै आएकोमा आज बाट अल्ट्रासाउण्ड सेवा पनि शुरुवात गरिएको छ ।उक्त स्वास्थ्य चौकीले चौबिसै घण्टा इमरजेन्शी सेवा र इन्डोर सेवा पनि उपलब्ध गराउदै आइ रहेको छ।