FAQs Complain Problems

सूचना तथा समाचार

अडियो नोटिस बोर्ड सेवा सुचारु सम्बन्धमा

मालिकार्जुन गाउँपालिकालाई सुशासन र सूचना प्रविधि मैत्री वनाउन यस मालिकार्जुन गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा सञ्चालनमा ल्याएको छ । सूचना तथा समाचार सुन्नका लागि 1618070709301 डायल गर्नु होला ।

शुभकामना

सुदूरपश्चिम प्रदेशकाे गाउँपालिका महासंघको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा मालिकार्जुन गाउँपालिका का उपाध्यक्ष पुष्पा अवस्थी ज्यु लाई हार्दिक बधाई एवं सफल कनर्यकालकाे शुभकामना ।

शुभकामना

यहि मिति २०७५ मंसिर ११ र १२ गते जोरायल गाउपालिका २ बुडरमा सम्पन्न गाउपालिका राष्ट्रिय महासघ ,सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशनबाट मालिकार्जुन गाउँपालिका का अध्यक्ष श्री नरेन्द्र सिह धामी निर्बिरोध प्रदेश समन्वय समितिको सचिव पदमा निर्वाचित हुनु भएको  छ । उहाँ लाई कार्यकालको  शुभकामना

पौराणिक एवं ऐतिहाँसिक जोलजिवी मेला

सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नं. ७ जोलजिवी तथा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको जोलजिवीमा सदियौ देखि मनाईदै आएको मेलालाई जोलजिवी मेला भनिन्छ ।

ऐतिहासिक जोलजिवी मेला उद्घाटन समारोह २०७५

मिति २०७५/०८/०१ गते ऐेतिहासिक जोलजिवी मेलाको उद्घाटन  सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन, तथा वातावरण मन्त्री  श्री माया भट्ट ज्यू द्वारा गरियो ।

सामाजिक परिक्षण कार्यक्रम सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ दार्चुलाको समन्वय र सामुदायिक रेडियो मालिकार्जुन एफएमको सहजिकरणमा २०७५ भदौ ३१ गते , मालिाकार्जुन गाउँपालिकाको सामाजिक परिक्षण कार्यक्रम , गाउँपालिकाको वडा ८ को सभा हलमा हुने हुदा , सरोकारवाला सबै लाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

Pages

//